उपत्यकामा आज १२२६ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७८ जेष्ठ २५, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा आज १२२६ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ८३६, भक्तपुरमा १२१ तथा ललितपुरमा २६९ गरी १२२६ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा कोरोना जित्नेको संख्या ५ लाख नाघेको छ । आज ६ हजार ५७० जनाले कोरोना जितेका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ ।



यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०८ जना संक्रमितको मृत्यु भएको छ ।

अहिले ८२ हजार ७३६ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर र ५६११ जनाको एन्टीजेन परीक्षण भएको छ । अहिलेसम्म नेपालमा ६ लाख ११ हजार ३०८ जनालाई संक्रमण पुष्टि भएको छ भने यस्तै ८ हजार ९८ संक्रमितको मृत्यु भएको छ ।