ग्यास लिक भएर घाइते भएकी चनमायाकाे मृत्यु

  • प्रकाशित मिति : २०७८ जेष्ठ २६, बुधबार
  • नेपाल टेल संवाददाता

पाँचथर। फिदिम नगरपालिका ४ जोरसालमा क्रियापुत्री बसेको घरमा आगलागी भएर घाइते रहेकी ७२ वर्षीय चनमाया सापकाेटाकाे मृत्यु भएकाे छ ।

साेमबार जाेरसाल स्थीत दिन्ननाथ सापकाेटा घरमा ग्यास लिक भएर आगलागी हुदा तीन जना घाइते भएका थिए । आगलागीबाट दिनानाथ सापकाेटा कि ७२ वर्षिय आमा चनमाया सापकाेटाको अवस्था गम्भीर भएपछि उपचारकाे लागी विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका रेफर गरिए पनि उनलाई मेची अस्पताल भद्रपुरमा राखिएकाे थियो ।



उनकाे मेची अस्पताल भद्रपुरमा निधन भएको हो । छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटाको मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।