काठमाडौं उपत्यकामा ९१५ लाई कोरोना पुष्टि, ८० हजार ३३६ संक्रमित आइसोलेसनमा

  • प्रकाशित मिति : २०७८ जेष्ठ २६, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले साे जानकारी दिनुभएकाे हाे ।

आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ९१५ रहेका छन् । जसमा काठमाडौंमा ६७९, भक्तपुरमा ८१ र ललितपुरमा १५१ जनालाई देखिएकाे छ ।



सक्रिय संक्रमितको संख्या घट्दै गएको छ, अहिले ८० हजार ३३६ जना संक्रमित आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ७४ पीसीआर र ४५६८ जनाको एन्टीजेन परीक्षण भएको छ । जसमा पीसीआरमा ३४४९ र एन्टीजेनमा ८९५ जनालाई पाेजेटिभ देखिएकाे छ ।