पश्चिमी वायुको प्रभाव : दिउँसो देशका अधिकांश भेगमा वर्षाको सम्भावना

  • प्रकाशित मिति : २०७८ जेष्ठ २७, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज पनि विभिन्न स्थानमा वर्षाको भएको छ ।

जल तथा मौसस पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।



आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम शनिबारसम्म कायम रहने महाशाखाले विहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।