सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ

  • प्रकाशित मिति : २०७८ जेष्ठ २७, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम तोडफोड गरिरहेको अवस्थामा काठमाडौंबाट एक जना पक्राउ परेका छन् ।

काठमाडौंमा महानगरपालिका ५ भाटभटेनी चोकमा रहेको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेल्धुरा सेतीबेसी गाउँपालिका ४ का २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।



बैंकको एटीएम तोडफोड गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजारसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।