पाँचथरमा कोरोना संक्रमीत एक पुरुषको मृत्यु

  • प्रकाशित मिति : २०७८ जेष्ठ २७, बिहीबार
  • नेपाल टेल

पाँचथर। कोरोना संक्रमणको कारण फिदिम ४ जोरसालका ६४ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

उनि केहि दिन अगाडी कोरोना संक्रमण पुष्टी भई कोभिड अस्पताल पाँचथरमा उपचार गराइरहेका थिए । उनको स्वास्थ्यमा थप समस्या आए पछि कोभिड अस्पताल पाँचथरले थप उपचारको लागी झापा रेफर गर्दा बाटोमा उनको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।



उपचारमा झापा लैजाने क्रममा अवस्था गम्भिर बनेपछि उनलाई इलाम अस्पताल लगिएको थियो । इलाम अस्पतालले उनलाइ बिहिबार मृत घोषणा गरेको हो ।