बी एण्ड सीलाई सम्बन्धन दिन लागेको भन्दै माइतीघरमा प्रदर्शन, ६ जना पक्राउ

  • प्रकाशित मिति : २०७८ जेष्ठ २७, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सरकारले झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ।

माइतीघरमा भएको प्रदर्शनमा ‘चोरबाटोबाट सम्बन्धन दिने काम बन्द गर, कानुन मिच्न पाइँदैन, चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप बन्द गरु भन्दै युवाले प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ। प्रहरीले ६ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।



सोलिडारिटी फर डा. गोविन्द केसीको आह्वानमा बिहीबार माइतीघर मण्डलामा प्रदर्शन भएको थियो। प्रदर्शनकारीले प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दूषित स्वार्थपूर्तिका खातिर कानुन बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दुूरुपयोग गर्ने कार्य गर्दै आएको आरोप लगाएका छन्।

आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारीकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक पनि प्रधानमन्त्री रहेको उनीहरुको आरोप थियो।