भोजपुर । छोरी बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरमा एक जनालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिकाका ३५ वर्षीय पुरुषले १५ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गत वैशाख २२ गते घरमा कोही नभएको मौका छोपी जबरजस्ती गरेको भन्ने जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
ती पुरुषले छोरीलाई एक वर्ष अघिदेखि डर, त्रास धम्कि देखाई पटक–पटक करणी गर्दै आएको किटानी जाहेरीमा उल्लेख छ ।
किटानी जाहेरीपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले ती पुरुषलाई पक्राउ गरेको हो ।