भारतमा कोरोना भाइरसका कारण बुधबार एकैदिन हालसम्मकै बढी ७१ जनाको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ । यससँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ । भारतमा कोरोना संक्रमितहरुको संख्या ३३ हजार ६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा (बुधबार) मात्रै भारतमा १ हजार ७३८ नयाँ संक्रमित फेला परेका छन् । यसैबीच भारतमा कोरोना संक्रमितमध्ये ७ हजार ७४७ जना भने पूर्ण रुपमा निको भइसकेका छन् । हाल २३ हजार ५४६ जना उपचार गराइरहेको जनाइएको छ ।