किराना पसल ११ बजेसम्म खोल्न पाइने, होटल रेष्टुरेन्टले टेक-अवे सेवा दिन सक्ने

  • प्रकाशित मिति : २०७८ जेष्ठ ३१, सोमबार
  • nepaltale.com

काठमाडौं। उपत्यकामा कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाको म्याद थप गर्दै यसलाई केही खुकुलो बनाइएको छ । थप एकसाता निषेधाज्ञा लम्ब्याइएको छ भने थपिएको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म रहने भएको छ । अब किराना र पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने छ ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले संक्रमणदर ३० प्रतिशतभन्दा तल नझरेकाले निषेधाज्ञालाई निरन्तरता दिइने बताए । सवारी आवागमनमा लगाइएको रोक यथावत रहेको उनले बताए ।

होटल-रेस्टुरेन्ट अहिलेसम्म पूर्ण प्रतिवन्धित रहेको अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान सातबजेदेखि होटल-रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् । इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ ।