आज २९१८ संक्रमित थपिँदा ५१४७ जना संक्रमणमुक्त, ५३ को निधन

१४८१९ परीक्षण गर्दा २९१८ जनालाई कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७८ जेष्ठ ३१, सोमबार
  • नेपाल टेल

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २९१८जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । देशका बिभिन्न स्थानमा पछिल्लो २४ घण्टामा गरिएका आरटी–पीसीआर परीक्षणमा २०४९ र एन्टिजेन परीक्षणमा ८६९ गरी २९१८ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ९४३८ पीसीआर र ५३८१ एन्टीजेन परीक्षण भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाए अनुसार पछिल्लो २४ घण्टामा ५१४७ जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ ।