मनाङमा बाढीले ६ घर बगायो : मानवीय क्षति भने भएको छैन, प्रहरी कार्यालय नै डुबानमा

  • Published Date : 2021-06-15
  • nepaltale.com

काठमाडौं। मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ ।

‘यहाँ ट्रस्ट बनाएर बसेका होटल र पसलहरु सबै बगाइसक्यो । पानी गरेको पर्‍यै छ । के गर्ने गर्ने भन्ने स्थिति आयो,’ उनले भने, ‘बेलैमा यहाँका जनतालाई सुरक्षित ठाउँमा सारेको भएर मानवीय क्षति भने भएको छैन ।’



डीएसपी खड्काले बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको बताए । ‘यहाँ भएका सबै जनतालाई माडास्थित कारागारमा पुर्‍याएका छौं । तर, हामी नै बाढीको मारमा परिसकेका छौं । हामी नै असुरक्षित भइसकेका छौं,’ उनले भने ।

लगातारको बर्षातबाट आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ ।