सेजलको हत्या गरेकाे आशंकामा प्रेमी पक्राउ

  • Published Date : 2021-06-16
  • nepaltale.com

काठमाडौं। इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी युवती सेजल कोइरालाको हत्या गरेको आशंकामा प्रहरीले एक आरोपीतलाई पक्राउ गरेको छ ।

दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत सेजलको बलाकारपछि हत्या भएको भन्दै युवतीका परिवारले जाहेरी दिएपछि सेजलका प्रेमीलाई प्रहरीले पक्राउ गरेको हो ।



पीडित परिवारले किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई नियन्त्रणमा लिएको हो ।

अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएकी सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बेहोस अवस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पु¥याउने बित्तिकै सेजलको मृत्यु भएको थियो ।