आज २८२८ संक्रमित थपिँदा ३०८२ जना निको भए, ५२को मृत्यु

  • प्रकाशित मिति : २०७८ असार २, बुधबार
  • नेपाल टेल

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार १४ जना र ४ हजार ३३५ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना कोरोनामुक्त भए, ५२ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार २२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३३ लाख ६३ हजार ६८५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ५२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ ।