काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा गरी २१ सय ४१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
योसँगै नेपालमा हालसम्म ५ लाख ४५ हजार ६६२ जनाले कोरोनालाई जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा कोरोनाकै कारण ३९ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९७पुगेको मन्त्रालयले जनाएको छ ।