काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३७ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।
यस्तै सोही अवधिमा ४४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार आज ४,०२० जनाले कोरोना जितेका छन्।
आज देशभरिमा थपिएका कोरोना संक्रमित मध्ये उपत्यकामा मात्रै आज थप ५ सय ८ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसमध्ये काठमाडौंका ३९४ जना, ललितपुरका ६० जना र भक्तपुरका ५४ जना छन्।
अहिले काठमाडौंका मात्रै ६ हजार ७३५, ललितपुरका २ हजार ९८३ र भक्तपुरका २ हजार २५० जना सक्रिय संक्रमित छन्।