देशभर आज २४०१ जनालाई कोरोना पुष्टि, ३४ संक्रमितको मृत्यु

  • प्रकाशित मिति : २०७८ असार ५, शनिबार
  • nepaltale.com

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त भएका छन् भने ३४ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार १० पीसीआर र ४ हजार ६६० जनाको एन्टीजेन गरि जम्मा ११ हजार ६९७ परीक्षण भएको छ । जसमा पीसीआरमा १६६८ र एन्टीजेनमा ७३१ जनालाई पाेजेटिभ देखिएकाे छ ।