थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

  • प्रकाशित मिति : २०७८ असार ७, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ ।

१० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।



यही अवधिमा थप ३१३० जना निको भएका छन् भने ४६ जनाको मृत्यु भएको छ ।