२ हजार ४२१ जनालाई कोरोना संक्रमण, ३ हजार ५५८ निको, ५२ जनाको मृत्यु

  • Published Date : २०७८ असार ९, बुधबार
  • nepaltale.com

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले साे जानकारी दिनुभएकाे हाे । सोही अवधिमा ३ हजार ५५८ निको भएका छन् भने ५२ जनाको मृत्यु भएको छ । उहाँका अनुसार यसअभि विभिन्न समयमा कोरोनाका कारण मृत्यु भएके तर तथ्यांकमा नदेखिएको थप २९ जना रहेको पनि बताउनुभयो ।

सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४६१ पीसीआर र ४९५३ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४१४ परीक्षण भएको छ । जसमा पीसीआरमा १५११ र एन्टीजेनमा ९१० जनालाई पाेजेटिभ देखिएकाे छ ।



अहिलेसम्म नेपालमा ६ लाख ५६ हजार ८९१ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ६८ हजार ४४० जना निको भएका छन् भने ८ हजार ८९४ जनाको मृत्यु भएको छ । अहिले देशभर ५० हजार ५२० जना सक्रिय संक्रमित छन् ।