काठमाडौं। पछिल्लो २४ घण्टामा थप २४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
१२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर बिधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २५१८ जना निको भएका छन् भने थप २४ जनाले ज्यान गुमाएका छन् ।