पोष्ट कोभिडकाे लक्षण १२ हप्तासम्म, यी लक्षणहरु भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु

  • Published Date : 2021-06-28
  • nepaltale.com

काठमाडौं । केही व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण मुक्त भइसकेपछि पनि शरीरमा विभिन्न लक्षणहरु लामो समयसम्म रहिरहन्छ ।

यस्ता पोष्ट कोभिड लक्षणहरु १२ हप्तासम्म पनि देखिने गरेको छ । त्यसैले कोरोना निको भइसकेपछि पनि स्वास्थ्यको उत्तिकै राख्नुपर्छ र जनस्वास्थ्यका सबै मापदण्डको पालना गर्नुपर्छ ।



यी लक्षणहरु बढ्दै गएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्दछ । 
– म्युकोरमाइकोसिस(कोलो ढुसी)को लक्षणहरु देखिने
– बालबालिकामा मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम देखिने
– धेरैनै थकाइ लाग्ने र थोरै कमजोरी महसुस हुने
– सास फेर्न गाह्रो हुने
– निद्रा नलाग्ने, झर्काे लाग्ने जस्ता डिप्रेशन र तनावका लक्षणहरु देखा पर्ने
– एकाएक रक्तचाप बढ्ने वा घट्ने

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको सामग्रीकाे आधारमा )