भक्तजनहरुको लागि पशुपति मन्दिर तत्काल नखुल्ने

  • Published Date : २०७८ असार २२, मंगलवार
  • nepaltale.com

काठमाडौं । कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले पशुपतिनाथ मन्दिर भक्तजनका लागि तत्काल नखुल्ने भएको छ । ‘सरकारले खोल्ने कुनै तयारी देखाएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

उनले भने‚ तत्काल भक्तजनले दर्शन गर्न पाउँदैनन् । साउनभित्र पनि मन्दिर खुल्छ वा खुल्दैन भनी केही भन्न नसकिने उनले बताए । साउन महिना भगवान शिवको प्रिय मानिन्छ । त्यसैले साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथको दर्शन गर्न आउने गर्दछन् ।



नेपालमा पुनःनयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि कोषले वैशाख पहिलो सातादेखि मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो । वैशाख १६ गतेदेखि उपत्यकामा जारी निषेधाज्ञा अझै कायमै छ ।