हेर्नुहोस् कोरोना फैलिएका २१२ देशको पछिल्लो

  • प्रकाशित मिति : २०७७ बैशाख २०, शनिबार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार ६ सय २४ जनाको मृत्यु भएको छ भने ९४ हजार ५ सय ५२ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ५ सय ७० पुगेको छ भने ३४ लाख २ सय ७८ जना संक्रमित भएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ भने ३६ हजार ७ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ हजार ७ सय ५३ पुगेको छ भने ११ लाख ३१ हजार ३० जना संक्रमित भएका छन्।

त्यस्तै यूकेमा पछिल्लो २४ घण्टामा ७ सय ३९ जनाको मृत्यु भएको छ भने ६ हजार ३ सय १ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै यूकेमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार ५ सय १० पुगेको छ भने १ लाख ७७ हजार ७ सय ५४ जना संक्रमित भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा इटलीमा २६९ जना, स्पेनमा २८१ जना, फ्रान्समा २१८ जना, जर्मनमा ११३ जना, क्यानडामा २०७ जना, मेक्सिकोमा १२७ जनाको मृत्यु भएको छ।