प्रधानमन्त्री केपी शर्मा ओलीले मार्मिक कबिता लेखेर शुक्रबार पोस्टगरे । यो कबिता मे १ अर्थात मजदुर दिवसको अवसर पारेर पोस्ट गरियो ।
साझ तिर एकजना आर पी गौतम ‘आगो’ भान्ने मानिसले आफ्नो कबिता हुबहु चोरी भएको भन्दै स्क्रिन सर्ट पोस्ट गरे । उनको स्क्रिन सटमा नोभेम्बर ९ ,२०१९ लेखेको देखिन्छ । जुन प्रधानमन्त्रीले कविता लेखेको भन्दा करिव ६ महिना अगाडीको समय हुन जान्छ।
प्रधानमन्त्रीले लेखेको कबिता र गौतमले प्रधानमन्त्रीलाई आरोप लगाउदा पेश गरेको स्क्रिन सट यस्तो छ।
प्रधानमन्त्रीद्वारा लेखिएको कविता
गौतमको पोस्ट
अब हेरौ यथार्थ के हो ?
जब समाजिक सन्जालमा प्रधानमन्त्रीले कविता चोरेको भन्दै भाइरल बनाउन थालियो दैनिकअनलाइनले गौतमको फेसबुक चेक गर्यो । उनको पोस्टहरु हेर्दा उनलाई चर्चाको भोक रहेको प्रष्टनै देखिन्छ ।
नेपालमा एकैछिन भएपनी चर्चा कमाउन फन्डा गर्नेहरु भेटिन्छ्न ।यस्तै मध्ये एक निस्के गौतम । तर, फन्डाको पङा चाहिँ गौतमलाई भारी पर्ने निश्चित नै छ । उनले गम्भीर प्रकृतिको साइवर क्राइम गरेकाछ्न । जसमाथी कानुनले आफ्नो कार्य गर्नेनै छ।
अब हेरौ उनले आफ्नो ६ महिना अगाडिको फेसबुक पोस्टलाई कसरी इडिट गरेर प्रधानमन्त्रीको कबिता हाले भन्ने कुरा। उनको प्रोफाइलमा गएर इडिट हिस्ट्री हेर्दा यस्तो देखियो ।
एउटा समान्य नागरिकले त नियत खराब गर्दा यसरी एकैछिनमा प्रधानमन्त्रीको समेत बदनाम गर्न सक्दो रहेछ भने प्राबिधिक रुपमा दक्ष टिमनै लागेर सेतोलाई कालो बनाउन चाह्यो भने के होला ? कतै प्रधानमन्त्री नियोजित हमलाको सिकार त भैरहेका छैनन ? सम्बन्धित निकायले बेलैमा सोचोस।