३३६५ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

  • Published Date : 2021-07-29
  • nepaltale.com

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३३६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा ९ हजार ५५५ नमूनाको पिसिआर परीक्षण गर्दा २ हजार ३३५ जना र एन्टिजेन विधिबाट ४ हजार ६८७ जनाको परीक्षण गर्दा १०३० मा संक्रमण देखिएको छ।



यस्तै, आज १३७३ जनाले कोरोनालाई जितेका छन्। संक्रमणका कारण १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो सहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८०७ पुगेको छ।

आज काठमाडौं उपत्यकामा ८६० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना रहेका छन्।

हिजो नेपालमा ३ हजार ८४० जना संक्रमित थपिएका थिए भने ३३ को मृत्यु भएको थियो।