६ लाख ९० हजार संक्रमित थपिए, एकैदिन १० हजार २५३ को मृत्यु

  • Published Date : २०७८ श्रावण २२, शुक्रबार
  • nepaltale.com

काठमाडौँ। विश्वमा कोरोना संक्रमणदर फेरि बढेको छ । पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा ६ लाख ९० हजार ७६८ संक्रमित थपिएका छन् । सोही अवधिमा १० हजार २५३ जनाले ज्यान गुमाएको वल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या २० करोड १६ लाख ३२ हजार ४१७ पुगेको छ ।



अहिलेसम्म ४२ लाख ७९ हजार ३०२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १८ करोड १४ लाख १६ हजार जना कोरोना मुक्त भएका छन् ।

संक्रमणमा परेका १ करोड ५९ लाख ३७ हजार ११५ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये ९४ हजार ६३४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

संक्रमण फैलिएका मुलुकको सूचीमा अमेरिका सबैभन्दा शीर्ष स्थानमा छ ।