के हो निपा भाइरस ? यस्ताे छ यसका लक्षण र जाेगिने उपायहरु !

  • प्रकाशित मिति : २०७८ भाद्र ३१, बिहीबार
  • nepaltale.com

काठमाडौं। भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका सङ्क्रमित भेटिएका छन् । निपा भाइरसबाट केरलामा १२ वर्षका एक जना बालकको ज्या-न गइसकेको छ । यसले नेपालमा पनि जो-खिम बढाएको छ ।

निपा भाइरस जनावरहरुबाट मानिसमा सर्ने एक प्रकारको प्राकृतिक सङ्क्रामक रोग हो । फलफूलहरु खाने खालका चराचुरुङ्गीहरु तथा जनावरहरु विशेषगरी चमेरो प्रजातिबाट यो रोग सर्ने सम्भावना हुन्छ । च-मेरो लगायतका प्रजातिले फलफूल खाँदा फलफूलमा रोगको सङ्क्रमण हुने र त्यही फलफूल मानिसले खाँदा यो रोग सर्ने जोखिम हुन्छ । सङ्क्रमित व्यक्तिको दि-सा, पि-साब र रग-तबाट पनि यो रोग सर्ने जोखिम रहन्छ ।

निपा भाइरस सर्ने तरिका:- भारतमा बिस्तारै फैलँदै गरेको निपा भाइरस नेपालमा आइपुग्न सक्ने भएकाले उच्च सा-वधानी अपनाउन आवश्यक छ । नेपाल भारत खुला सीमा भएकाले भारतबाट यो रोगको सङ्क्रमण नेपाल भित्रने जोखिम छ । एक व्यक्तिको शरीरबाट निस्कने, दि-सा, पि-साब, र-गत लगायतको प्रत्यक्ष सम्पर्कबाट अर्को व्यक्तिमा रोग सर्न सक्ने हुन्छ । त्यसको अलावा प्रत्यक्ष सम्पर्कबाट पनि सर्न सक्छ । को-रोना भाइरस जसरी सर्छ, त्यो माध्यम निपा भाइरस सर्नका लागि पनि सहज हुन सक्छ ।

लक्षणहरु:- निपा भाइरसको सङ्क्रमण भइसकेपछि अरु खालका भाइरसका कारण देखिने जस्तै समस्याहरु देखिने गर्छन् । टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, लगायतका समस्याहरु हुन्छन् । निपा भाइरसका लक्षणविहीनदेखि सामान्य तथा गम्भीर खालका लक्षणहरु हुन सक्छन् । सुरुमा यसले मस्तिष्क सुनिन्छ जसलाई इन्सेफ्लाइटिस पनि भनिन्छ ।

यसले ज्या-न पनि जान सक्छ । भाइरसको सम्पर्कमा आएको २ हप्ताभित्रको समयमा लक्षणहरु देखा पर्न सक्छन् । ४५ दिनसम्म पनि लक्षणहरु देखिन सक्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सङ्क्रमितमा ज्वरो तथा टाउको दुख्ने लक्षण ३ दिनदेखि २ हप्तासम्म पनि देखिन सक्छ ।

अहिले देखिएका रोगहरु जस्तै:- कोरोना, डेङ्गी, स्क्रब टाइफस लगायतका रोगका लक्षणसँग निपा भाइरसका लक्षणहरु पनि मिल्छन् । तर केही लक्षणहरु भने अलि फरक देखिन्छ । त्यो आफैँले अनुमान गर्नुभन्दा अस्पतालमा डाक्टरहरुले लक्षण र परीक्षणका आधारमा पत्ता लगाउँछन् ।

अपनाउनुपर्ने सावधानी:- सङ्क्रमणको लक्षण देखिएर परीक्षण गर्नुभन्दा सङ्क्रमण हुनै नदिनका लागि सचेत हुनुपर्छ । त्यही अनुसारको व्यवहारहरु गर्नुपर्छ । जङ्गली जनावरहरुले जुठो बनाएका फलफूल तथा तरकारी नखाने, पकाएर खानुपर्ने तरकारीहरु राम्ररी पखालेर, पकाएर मात्र खाने गर्नुपर्छ । त्यसो गर्न सके सङ्क्रमण हुन सक्ने सम्भावनाबाट बच्न सकिन्छ ।

कुनै पनि रोगको सङ्क्रमण नै हुन नदिनु बुद्धिमानी हो । भाइरस सङ्क्रमण हुने र त्यसले निम्त्याउन सक्ने जटिलतातर्फ ध्यान केन्द्रीत गर्नुभन्दा सङ्क्रमण हुनै नदिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाउनुका साथै अन्य तयारीहरु पनि गरिरहेको छ । सरकारले गर्ने रोकथामसँगै सङ्क्रमण फैलन नदिनका लागि सर्वसाधारण पनि उत्तिकै सजग हुन आवश्यक छ ।

फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारीहरु पनि पखालेर पूर्ण रुपमा पकाएर खाने गर्नुपर्छ । गाईबस्तुको फार्महरु राम्ररी सफा गर्ने, मासु काट्दा वा पकाउँदा पञ्जा, मास्कको प्रयोग गर्ने, बेलाबेला साबुन पानीले हात धुने, को-रोनाबाट बच्नका लागि जस्तै भीडभाडमा नजाने, मास्कको प्रयोग गर्ने लगायतका सतर्कता अपनाउनुपर्छ । (स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीसँग गरिएको कुराकानीमा आधारित)