आज मन्त्रिपरिषद्‌काे बैठक बस्दै

  • प्रकाशित मिति : २०७७ बैशाख २१, आईतवार
  • nepaltale.com

मन्त्रिपरिषद्‌काे बैठक केही बेरमा बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि डाकिएकाे बैठकमा सहभागी हुन मन्त्रीहरु जाने क्रम जारी छ।

बैठकमा सहाभागी हुन मन्त्रीहरु आउने क्रम सुरु भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठकमा काेराना भाइरसका कारण गरिएकाे लकडाउनका बारेमा समीक्षा हुने बुझिएकाे छ।