संघीय संसदको महासचिवमा डा. गौतम नियुक्त

  • प्रकाशित मिति : २०७७ बैशाख २२, सोमबार
  • nepaltale.com

संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई सोमबार नियुक्त संघीय संसदको महासचिवमा नियुक्त गरेकी हुन् ।

गौतमलाई महासचिवमा नियुक्तिका लागि सोमबार नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सिफारिस गरेका थिए ।

कास्की निवासी गौतम संघीय संसदको सचिवालयमा सचिव पदमा कार्यरत थिए । मनोहरप्रसाद भट्टराईले अवकास पाएपछि संघीय संसदको महासचिव पद गत चैत ३ गतेबाट रिक्त थियो ।