मिति २०७७ साल वैशाख २३ गते, मंगलबार, ईश्वी सन् २०२० मे ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि– त्रयोदशी ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुदा मन प्रशन्न रहनेछ। माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ। औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ। सन्तान,छोराछोरी तथा आफन्तसँग रमाईलो गरि समय व्यातित गर्न सकिनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ। आमा वा आमा सरहका मानिससँग मनमुटाव बढ्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बोलिको प्रभाव बढ्ने हुँदा महत्वपुर्ण निर्णयहरु गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । सामान्य आँखा सम्वन्धी समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाव हुनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाईको सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ। औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँने तथा पति पत्नी विच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ। काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ। सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ। साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आर्थिक व्यावस्थापनका लागी गरीने कामहरु अन्तिम निष्कर्षमा नपुगी विचमानै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन्।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा मन अली बढी समय लगानी गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामान्य तित्तमा आएपनि अन्तत एक अर्का विच मिलेर अगाडि बढ्न सकिनेछ ।