चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४ हजार ९६ जनाको मृत्यु भएको छ भने ७९ हजार ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन्।
यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ५२ हजार ३ सय ९३ पुगेको छ भने ३६ लाख ४५ हजार ३२० जना संक्रमित भएका छन्।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय २४ जनाको मृत्यु भएको छ भने २४ हजार ७ सय १३ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार ९ सय २१ पुगेको छ भने १२ लाख १२ हजार ८३५ जना संक्रमित भएका छन्।
त्यस्तै इटली, स्पेन, यूके र जर्मनमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ भने भारतमा मृत्यु हुनेको संख्या बढेको छ।
पछिल्लो २४ घण्टामा इटलीमा १९५ जना, स्पेनमा १६४ जना यूकेमा २८८ जना, फ्रान्समा ३०६ जना, जर्मनमा १२७ जना, भारतमा १७५ जनाको मृत्यु भएको छ।
भारतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या स्पेन, जर्मन, रुस, टर्की, इरान, भन्दा पनि बढी छ। पछिल्लो २४ घण्टामा रुसमा ७६ जना, टर्कीमा ६४ जना, इरानमा ७४ जनाको मृत्यु भएको छ।