काठमाडौं । नेपालमा थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ६ सय २१ पीसीआर परिषणका क्रममा २ सय ४६ जना र ३ हजार ३ सय २४ एन्टीजेन परिक्षणका क्रममा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप ४ सय ८७ संक्रमित निको हुँदा हालस्म्म नेपालमा ९ लाख ७७ हजार ८ सय ४५ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।