आज कोरोनाका कारण २ को मृत्यु, २९९ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७९ भाद्र ४, शनिबार
  • नेपाल टेल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३३७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १८० तथा एन्टिजेन विधिबाट ११९ जनामा गरी २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार ६२५ पुगेको छ ।