आज नेपालमा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७९ भाद्र ११, शनिबार
  • नेपाल टेल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ६५ तथा एन्टिजेन विधिबाट १०८ जनामा गरी १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ३ हजार ६१२ पुगेको छ ।