आज बिहीबार, निकै राम्रो छ यी राशीको भाग्य

  • प्रकाशित मिति : २०७७ बैशाख २५, बिहीबार
  • nepaltale.com

मिति २०७७ साल वैशाख २५ गते, बिहीबार, ईश्वी सन् २०२० मे ०७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि-पूर्णिमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सवारी साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ। प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ। पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आट तथा पराक्रम बढेर जानेछ। पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्कूल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट घाटा लाग्नेछ। माया प्रेममा एक अर्कालाई विश्वास गर्नाले सम्वन्ध सुदृड हुनेछ। सन्तान तथा छोराछोरीसँग समय व्यातित हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेकोछ। राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यावहार गर्नुहोला समय मध्ययम रहेकोछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मनोबल मजभुत हुने हुनाले शाहशिलो काम गर्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुदा महत्वपुर्ण निर्णयहरु गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु विच घनिष्टता बढेर जानेछ। कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ। रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय प्रतिकूल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन्। प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ। बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुनेछन् । सामाजिक काम गरी राज्यबाट पद प्रतिष्ठा पाउने गतिलो योग रहेकोछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । व्यापार व्यावसायमा मन्दि तथा घाटा लाग्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ। घरपरिवारमा आफन्त वीच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ, सचेत रहनुहोला।