३ हजार ८३३ मा कोरोना परीक्षण गर्दा २०२ लाई संक्रमण

  • प्रकाशित मिति : २०७९ भाद्र १२, आईतवार
  • नेपाल टेल

काठमाडौं। पछिल्लो २४ घन्टामा देशभर थप २०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २०२ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ८३३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२०६४ जनाको पिसिआर र १७६९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ३३१३ जना सक्रिय संक्रमित छन्।

४६२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।