चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। कोरोनाबाट पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८ सय ११ जनाको मृत्यु भएको छ भने ९५ हजार ३ सय २५ नयाँ संक्रमित थपिएका छन्।
अघिल्लो दिन ५ हजार ७ सय ८७ जनाको मृत्यु भएको थियो भने ८१ हजार २ सय ४६ जना नयाँ संक्रमित थपिएका थिए। हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ५६ पुगेको छ भने ३८ लाख २२ हजार १ जना संक्रमित भएका छन्।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ५ सय २८ जनाको मृत्यु भएको छ भने २५ हजार ४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ हजार ७ सय ९९ पुगेको छ भने १२ लाख ६३ हजार ९२ जना संक्रमित भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा यूकेमा ६४९ जना, इटलीमा ३६९ जना, स्पेनमा २४४जना, फ्रान्समा २७८ जना, जर्मनमा २८२ जना, ब्राजिलमा ६६७ जना, बेल्जियममा ३२३ जना, भारतमा ९२ जनाको मृत्यु भएको छ।