नेपालमा आज थप १२६ जना कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७९ भाद्र ३०, बिहीबार
  • nepaltale.com

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७९० जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।

यो अवधिमा देशभर १३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल दुई हजार १२९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।