कोरोना संक्रमणको त्रासका बीच नेपालमा हालसम्म ६८ हजार ६ सय २ नमूना परीक्षण भएको सरकारले जनाएको छ । जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५ सय ९ नमूना परीक्षण भएको छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गत २४ घन्टामा मात्रै १ हजार ४ सय ५१ नयाँ नमुना परीक्षण भएको छ ।
प्रवक्ता देवकोटाले सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको बताए । जसमध्ये प्रदेश १ मा ६ हजार ५ सय ५९ प्रदेश २ मा ५ हजार ३ सय ४८ ,बागमती प्रदेशमा ९ हजार ४४, गण्डकीमा ६ हजार ३ सय ४९, प्रदेश ५ मा ५ हजार ७ सय १३ प्रदेश कर्णालीमा ६ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ गरी जम्मा ५४ हजार ९३ वटा परीक्षण गरिएको हो ।
त्यस्तै प्रवक्ता देवकोटाले हालसम्म नेपालमा क्वारेन्टाइनमा बस्नेको संख्या १७ हजार ३ सय ७२ पुगेको जानकारी दिएका छन् । जसमध्ये प्रदेश १ मा, १ हजार ९ सय १५ प्रदेश २ मा १ हजार २ सय ९०, बागमती प्रदेशमा २ सय ६१, गण्डकी प्रदेशमा ५ सय २८, प्रदेश ५ मा ६ हजार ८ सय १२ प्रदेश कर्णालीमा ३ हजार ८९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ४ सय ७७ गरी जम्मा १७ हजार ३ सय ७२ जना क्वारेन्टाइन राखिएका छन् ।
त्यस्तै नेपालमा हालसम्म ३ सय ३५ जना रेड जोनमा पुगेका छन् । तीमध्ये १ सय ३३ जना आइसोलेसनमा छन् । जसमध्ये उपत्यकामा ३ र उपत्यका बाहिर १३० जना रहेका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । जसमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेको मन्त्रालयले जनाएको छ । संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्छ ।