डेङ्गुका बिरामीको संख्या १३ हजार नाघ्यो

  • प्रकाशित मिति : २०७९ आश्विन १, शनिबार
  • nepaltale.com

काठमाडौं। नेपालमा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ

डेङ्गुबाट सबैभन्दा बढी ललितपुरमा चार हजार ९८, काठमाडौँमा तीन हजार ५२ र मकवानपुरमा एक हजार चार सय २२ जना सङ्क्रमित छन्।

यस्तै रुपन्देहीमा छ सय ४१, भक्तपुरमा चार सय ८२, दाङ्मा तीन सय ७८, चितवनमा तीन सय ४३, धादिङ एक सय ४५, काभ्रेपलाञ्चोकमा एक सय ३४ र दार्चुलामा एक सय २१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ।

डेङ्गुका बिरामी सबैभन्दा बढी बागमती प्रदेशमा नौ हजार नौ सय ७१ जना रहेका छन्।

हालसम्म डेङ्गुको सङ्क्रमणबाट १३ जनाको निधन भइसकेको छ। विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने, सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ। रासस