सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले भारतले लिपुलेकमा सडक बनाएर नेपाली सार्वभौमिकताको अपमान गरेको जनाएका छन्।
कैलास मानसरोवर सडक खण्ड नेपाली भूमीसम्मै अतिक्रमण गरेर बनाइएको भन्दै अध्यक्षद्वयले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन।
अहिले सम्पूर्ण मानव समुदाय कोरोना महामारीविरुद्ध लडिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन आग्रह गरिएको छ।