एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २ हजार नाघेको छ । शनिबार साँझको वल्ड्रोमिटरको तथ्याँकअनुसार भारतमा संक्रमणका कारण मर्नेको संख्या २ हजार ८९ पुगेको हो । त्यस्तै संक्रमितहरुको संख्या ६२ हजार ७ सय ६९ पुगेको छ । शनिबार सीआरपीएफका ६२ जना जवानमा कोरोना संक्रमण भेटिएको छ ।
शनिबारै भारतका महाराष्ट्रमा ११६५, गुजरातमा ३९४, मध्यप्रदेशमा ११६, तमिलनाडुमा ५ सय २६, उत्तरप्रदेशमा १५९, राजस्थानमा १२९, पश्चिम बंगालमा १०८, पञ्जाबमा ३१ जनासहित २ हजार ८ सय जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । केरोना संक्रमितहरु मध्ये करिब १८ हजार जना निको भएर फर्किएको छन् ।
संक्रमणका कारण विश्वभर मर्नेको संख्या २ लाख ७८ हजार ६ सय ३३ पुगेको छ भने संक्रमितहरुको संख्या ४० लाख ७१ हजार ४ सय १२ पुगेको छ ।