लण्डन आइपुगे चर्चित गायक प्रकाश सपूत

  • प्रकाशित मिति : २०८० भाद्र ७, बिहीबार
  • nepaltale.com

लन्डन। पछिल्लो पुस्ताका सर्वाधिक चर्चित एवम् लोकप्रिय गायक प्रकाश सपूत पहिलोपटक बेलायत आइपुगेका छन्।

बेलायतस्थित केप्लर इभेन्ट्सको आयोजनामा शुक्रबार बेलुका अल्डरसटको एम्पायर हलमा प्रस्तुति गर्न उनी बुधबार बिहान लन्डन आइपुगेका हुन्।

लन्डन हिथ्रो विमानस्थलमा गायक सपूतलाई एनआरएनए यूके पूर्व प्रमुख संरक्षक शेर सुनार, आयोजक केप्लर इभेन्ट्सका अनिल मल्ल, मनसुदन थापा, तारा गर्बुजा, मनोज गुरुङलगायतले स्वागत गरे ।

युवा पुस्ताका लोकप्रिय गायक सपूत पछिल्लो समय सर्वाधिक सफल छन्। दोहोरी ब्याटल, बोल माया, गलबन्दी हुँदै यो देश मेरो पनि हैन र, कुरा बुझ्नुपर्छ, पिर, सकम्बरी, दमाई महाराजसम्म आइपुग्दा आम दर्शक-श्रोतामा उनको चर्चा र लोकप्रियता चुलिएको छ।