नर्समा कोरोना संक्रमण देखिएपछि दुई अस्पताल सिल

  • प्रकाशित मिति : २०७७ बैशाख ३१, बुधबार
  • nepaltale.com

एक नर्समा कोरोना भाइरस संक्रमण देखिएपछि ललितपुरको पुल्चोकमा रहेका दुई आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ ।

आरोग्य फाउन्डेसनमा कार्यरत नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एकै भवनमा रहेका ती दुवै अस्पताल बुधबार बिहान सिल गरिएको हो ।