बाल गृह सहयोगार्थ लन्डनमा महानायक हमालसँग ‘ब्ल्याक टाई डिनर’ हुँदै

  • प्रकाशित मिति : २०८० भाद्र १७, आईतवार
  • नेपाल टेल

लन्डन। नेपाली चलचित्रका महानायक राजेश हमालको सहभागितामा लन्डनमा एक च्यारिटीप्रेरित डिनर कार्यक्रम हुने भएको छ।

हेल्प नेपाल नेटवर्क यूकेको आयोजनामा आउंदो सोमबार सेप्टेम्बर ४ का साँझ साउथ इष्ट लन्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा ‘ब्ल्याक टाई गाला डिनर’ गर्न लागिएको हो।

कार्यक्रमबाट संकलन हुने कोष हेल्प नेपाल नेटवर्कद्वारा काभ्रेमा सञ्चालित बाल गृहलाई सहयोग गरिने आयोजकले जनाएको छ।