लण्डन आइपुगे महानायक राजेश हमाल

  • प्रकाशित मिति : २०८० भाद्र १७, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन ।महानायक राजेश हमाल लन्डन आइपुगेका छन् ।

शनिबार बेलुका सहयोगी रोशन हमालका साथ उनी लन्डन उत्रिएका हुन्।



निकट स्रोतका अनुसार महानायक हमालको यो बेलायत भ्रमण झन्डै एक महिना लामो हुनेछ। त्यसक्रममा उनले विभिन्न कार्यक्रमहरुमा सहभागी भएर बेलायतवासी नेपालीहरुसँग अन्तरक्रिया गर्नेछन्।

आउंदो सोमबार सेप्टेम्बर ४ को बेलुका हमालको सहभागितामा लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा ‘ब्ल्याक टाई गाला डिनर’ हुँदैछ।हेल्प नेपाल नेटवर्क यूकेको आयोजनामा हुने कार्यक्रमबाट संकलन हुने कोष हेल्प नेपाल नेटवर्कद्वारा काभ्रेमा सञ्चालित बाल गृहलाई सहयोग गरिनेछ ।