एसिया कप : नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य

  • प्रकाशित मिति : २०८० भाद्र १८, सोमबार
  • नेपाल टेल

एसीसी एसिया कपअन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।

समूह ‘ए’ अन्तर्गत श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए । सोमपाल कामीले ४८ रन तथा कुशल भुर्तेलले ३८ रन जोडे ।

दिपेन्द्र ऐरीले रन २९, गुल्सन झाले २३ रन, सोमपाल कामी र सन्दीप लामिछानेले ९ रन जोडे ।

भीम शार्की ७ रन, कप्तान रोहित पौडेल ५ तथा कुशल मल्ल २ रनमा आउट भए ।

भारतका लागि रविन्द्र जडेजाले ३ तथा मोहम्मद सिराजले ३, मोहम्मद शामी, शार्दुल ठाकुर र हार्दिक पाण्ड्याले १-१ विकेट लिए ।