प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सर्वदलीय बैठक डाकेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो ४ बजे हुने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, पूर्वप्रधानमन्त्री, सीमाविदलाई निम्ता गरिएको छ।
नेपालको भूमि मिचेर लिपुलेकमा भारतले सडक बनाएको, बढ्दो कोरोना माहामारीलगायतका विषयमा छलफल गर्न सर्वदलिय बैठक डाकिएको बताइएको छ।
लिपुलेकमा नेपाली पक्षसँग कुनै परामर्स नगरि भारतले सडक बनाएपछि पछिल्लो समय नेपाल र भारतको सम्बन्ध दरार सिर्जना भएको छ।
लिपुलेकबारे राष्ट्रिय एकता कायम गरेर भारतसँग वार्ता तथा दबाबका लागि प्रधानमन्त्रीले बैठक आह्वान गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले जनाएका छन्।