तीन दिनमा राष्ट्र बैंकले तान्यो ७० अर्ब

  • प्रकाशित मिति : २०८० माघ १८, बिहीबार
  • nepaltale.com

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएको भन्दै धमाधम निक्षेप संकलन गर्न लगातार आज तेस्रो दिन पनि २० अर्ब तान्ने भएको छ ।

अघिल्लो दुई दिन अर्थात माघ १६ गते २० अर्ब र माघ १७ गते ३० अर्ब गरि बजारबाट ५० अर्ब तानेको राष्ट्र बैंकले आज फेरि २० अर्ब रुपैयाँ तान्न लागेको हो ।

बैंकले आज २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने लागेको राष्ट्र बैंकले जनाएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ३ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।