पासपोर्ट आवेदन प्रक्रियाबारे लन्डन दूतावासको नयाँ सूचना

  • प्रकाशित मिति : २०८० फाल्गुन २, बुधबार
  • nepaltale.com

लन्डन। लन्डनस्थित नेपाली दूतावासले नेपाली पासपोर्ट आवेदन प्रक्रियाका सम्वन्धमा नयाँ सूचना जारी गरेको छ।

बुधबार एक वक्तव्य जारी गर्दै दूतावासले पासपोर्ट आवेदनका क्रममा आवेदकले ध्यान दिनुपर्ने आधारभूत कुरा विभिन्न ६ बुंदामा सार्वजनिक गरेको हो।

पछिल्लो समय पासपोर्ट आवेदनबारे जिज्ञासा राख्दै धेरैले दूतावासमा सम्पर्क गरेको उल्लेख गर्दै वक्तव्यमा पासपोर्ट आवेदन गर्दा के गर्ने ? के कस्ता कागजात आवश्यक पर्छन् ? आवेदन फारम कहिले र कसरी भर्ने ? शुल्क कसरी बुझाउने ? अपोइन्टमेन्ट कसरी लिने ? जस्ता विषयमा जानकारी गराइएको छ।

दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल पासपोर्ट आवेदनसम्वन्धि धेरै जानकारी दूतावासको वेबासाइटमा उपलब्ध रहेको बताउंछन्।

‘वेबासाइटमै उपलब्ध जानकारी पनि धेरैले नहेर्ने गरेको पाइयो।पहिला वेबासाइटबाट सबै जानकारी लिन र त्यसपछि पनि कुनै जिज्ञासा रहे दूतावासलाई सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा हाम्रो अनुरोध छ’ उनले भने।